संगालोखबर सम्बाददाता

धनकुटा । ७१ औं मदन जयन्तीको अवसर पारेर मंगलबार बिहान धनकुटाको मदनचोकस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गरिएको छ । नेकपा एमाले र मदन भण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा माल्यार्पण कार्यक्रम गरिएको हो ।

Advertisement

सो अवसरमा एमाले नेताहरू शकुन्तला बस्नेत, गोपाल गुरागाईं, इन्द्रमणि पराजुली, चन्द्र बस्नेत, निरेन तामाङ्ग, पर्शुराम नेपाल, मनोज राई, मञ्जु अधिकारी, तारा तितुङ्ग, राजेन्द्र बस्नेत, अर्जुन छारा लगायतले भण्डारीको सालिकमा माल्यार्पण गरे । माल्यार्पण पछि बोल्दै एमाले नेता गुरागाँईले नेपाली राजनीतिमा मदन भण्डारीले पुर्याएको योगदानको चर्चा गरे । सो अवसरमा भण्डारीको स्मरणमा १ मिनेट मौन धारण पनि गरिएको थियो ।

जननेताको पहिचान बनाएका एमाले नेता भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । पिता देवीप्रसाद र माता चन्द्रकुमारीको माहिला छोराको रुपमा उनको जन्म भएको हो । उनी अन्याय सहन नसक्ने र विद्रोही स्वभावका थिए ।  विषयवस्तुको उच्चतम् ज्ञानसहित उनी प्रखर वक्ताको रुपमा प्रस्तुत हुने गर्थे । जसका कारण उनी जनतामाझ लोकप्रिय छन् ।

उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति अहिले पनि लोकप्रिय छ । २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा नेता भण्डारीको निधन भएको थियो । उनकी धर्मपत्नी विद्यादेवी भण्डारी अहिले नेपालको राष्ट्रपति छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!