संगालोखबर सम्वाददाता
फायल तस्वीर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ स्थित हातिखर्क माविबुङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २९ बर्षीय लक्ष्मण लिम्बू छन् ।

बिहान करिव साढे १० बजे सोही स्थानका शम्भु लिम्बूको घरमा बिग्रिएको बिजुली बनाउँन उनी पोलमा चढेका थिए । पोलमा चढेर बिजुली बनाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!