संगालोखबर सम्बाददाता

मोरङ । धम्क्याएर पैसा माग्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे घर भई विराटनगर–४ कञ्चनबारी बस्दै आएका ३९ बर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे–६ का २६ बर्षीय विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरुले बिराटनगर–३ का मुकेश शर्मालाई पटक–पटक फोनबाट डर धम्की देखाई रकम माग गरेको आरोप छ । प्रहरीका अनुसार असार १७ गते सुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे–६ हसन्दहमा रहेको रेमिट्यान्समा उनीहरुलाई पैसा पठाएका थिए । पैसा पठाएको जानकारी पाएपछि सो स्थानमा खटिएको प्रहरी टोलीले आइएमईमा पठाएको नगद २५ हजारसहित ऋषिदेवलाई पक्राउ गरेको हो ।

ऋषिदेव पक्राउ परेपछि यो बिषयमा संलग्न कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको गतिविधिका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!