संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–५ स्थित माथिल्लो कोप्चेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहिवारे हटियाबाट भिमनारायण चोकतर्फ जाँदै गरेको को.२८ प ४१२० नंम्बरको मोटरसाइकल शनिवार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धनकुटा–२ का ३० बर्षीय राम कुमार राई र मोटरसाइकलमा पछाडि सवार मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का ३० बर्षीय देवराज घिमिरे घाइते भएका हुन् ।

Advertisement

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!