संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । अविरल बर्षासँगै आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सुन्दरहरैँचा–६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो ।

गछिया खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Advertisement

अविरल बर्षाका कारण मोरङका विभिन्न स्थानमा डुवान भएको छ । कतिपय परिवार विस्थापित भएका छन् । अहिले पनि बर्षा रोकिएको छैन । बाढी प्रभावित स्थानमा प्रहरीले उद्धार गरिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!