Avatar photoRabin Katel

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेबाट बिहिबार साँझ ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । हिलेस्थित विश्वकर्मा टोलका २२ बर्षीय गोविन्द विश्वकर्मालाई ब्राउन सुगरसहित फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

चेकजाँच गर्ने क्रममा साँझ करिब ५ बजे विश्वकर्माको साथवाट तीन पोका ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले बताए । ‘ब्राउन सुगर फेला परेपछि एक जना मान्छे पक्राउ गरेर ल्याएका छौं,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘तीन पोका ब्राउन सुगर छ, त्यसको मात्रा कति हो भन्ने तौल गर्न वाँकी नै छ ।’

यसैबीच, ब्राउन सुगरसहित हिलेबाट एक जना मात्र पक्राउ परेको प्रहरीले बताएपनि स्रोतले भने ६ जना व्यक्ति पक्राउ परेको दावी गरेको छ । पक्राउ परेका अन्य व्यक्ति पहुँचवाला भएकाले उनीहरुलाई प्रहरीले गोप्य राखेको स्रोतको दावी छ । प्रहरीले अन्य व्यक्तिको विषयमा केही खुलाएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement