संगालोखबर सम्वाददाता

झापा । झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दमक नगरपालिका–९ का ३८ बर्षीय दिपक नेपाल छन् ।

Advertisement

गएराती करिव सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई  ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट नेपाल घाइते भएका थिए । दमक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!