संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ मा बोराभित्र एक पुरूषको शव फेला परेको छ । वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो ।

आइतबार बेलुका ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको जस्तो देखिन्छ । उनको पहिचान खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!