- संगालोखबर सम्वाददाता
तमोर नदी । फाइल तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहाराबेसीस्थित तमोर नदीमा हामफालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । स्थानीय ४५ बर्षीया पुर्णकुमारी बस्नेत बिहान करिब १०ः३० बजे नदीमा हामफालेर बेपत्ता भएकी हुन् ।

पूर्णकुमारीले नदीमा हामफाल्दै गर्दा देखेर उनकी दिदी चन्द्रकुमारीले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले उनको खोजी भइरहेको मुलघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकारले जानकारी दिए ।

Advertisement

नदीमा हामफाल्नुको कारण खुलेको छैन । प्रहरीका अनुसार उनी सुस्तमनस्थितीकी थिइन् । नदीमा हामफाल्नु अघि उनले दिदी चन्द्रकुमारीलाई आफ्नो साथमा भएको १ हजार रुपैयाँ पैसा दिएकी थिइन् । मर्छु भन्दै बहिनीले एक्कासी नदीमा हामफालेको चन्द्रकुमारीले प्रहरीसमक्ष बताएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!