संगालोखबर सम्वाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–२ का २२ बर्षीय मिलन दर्जी छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दर्जीको विषयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!