- संगालोखबर सम्वाददाता

झापा । झापा गाउँपालिका–३ बाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा–३ का २२ बर्षीय फरमान अली र झापा–४ का ३२ बर्षीय मनोज गणेश छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँचका क्रममा उनीहरुको साथबाट १३ ग्राम ब्राउन सुगर र एउटा डिजिटल तराजु बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!