- संगालोखबर सम्बाददाता

इलाम । इलाममा रुखले घर किच्दा ८२ बर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा इलामको माई नगरपालिका–५ धोबिखोलाका ८२ बर्षीय प्रेमबहादुर आङदम्बे लिम्बु छन् ।

Advertisement

गएराती करिब २ बजे बर्षासँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर घर किच्दा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । रुखले बाँसको टाटी र टिनको छानो भएको घर किचेको हो ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटनास्थल गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!