- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट रामधुनी–६ का १६ वर्षीय विवेक सदा ऋषिदेव र बराहक्षेत्र–६ चक्रघट्टीका ४० वर्षीय आशीष दर्जीको हत्या भएको हो ।

ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय निशान चौधरीलाई र दर्जीको हत्या गरेको आरोपमा २४ वर्षीय सविन तामाङलाई पक्राउ गरेको छ । रामधुनीको सरौनामा मंगलबार बिहान करिब ६ बजे सुतिरहेका ऋषिदेवमाथि निशानले पेटमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

मृतक ऋषिदेव अर्का छिमेकी जाङ्ली ऋषिदेवको घरमा सुतिरहेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका ऋषिदेवको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोमबार राती बराहक्षेत्रको मुनाल चोकमा दर्जी र तामाङबीच भनाभन भएको थियो । रातको १२ बजे भएको घटनामा तामाङले दर्जीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका दर्जीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!