संगालोखबर सम्वाददाता

धनकुटा । युवतीमाथि बलात्कार गरेको आरोपमा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.५ खोकुका वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । आफूमाथि जबरजस्ती करणी भएको भन्दै युवतीले उजुरी दिएपछि गएराती प्रहरीले वडाध्यक्ष राईलाई पक्राउ गरेको हो ।

Advertisement

शनिवार उजुरी परेपछि वडाध्यक्ष राईलाई धनकुटा बजार क्षेत्रबाट राती करिब ११ बजे पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । ‘असार २४ गते होटलमा पुऱ्याएर बन्धक बनाई आफूमाथि बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएपछि वडाध्यक्ष राईलाई पक्राउ गरेका छौं,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’

खोकुका ३१ वर्षीय वडाध्यक्ष राईले सहिदभूमिकै २३ बर्षीया युवतीलाई तेह्रथुमको बसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोप छ । हिले घुम्न जाउँ भनी बोलाएर बसन्तपुर पुर्याई राती होटलमै बन्धक शैलीमा राखेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

ती युवती हिलेसम्म आफ्नै स्कूटरमा पुगेकी थिइन् । हिलेमै स्कुटर राखेर उनीहरु बसन्तपुर पुगेका हुन् । साँझ घर फर्कन ढिलो हुने भन्दै वडाध्यक्ष राईले राती आफूलाई बन्धक शैलीमा होटलमै राखेर बलात्कार गरेको युवतीले आरोप लगाएकी छन् ।

पक्राउ परेका वडाध्यक्ष राई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । घटनास्थल तेह्रथुम भएकाले कारबाही प्रकृयाका लागि त्यहीँको प्रहरीमा जिम्मा लगाउँने तयारी गरिएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी विवाहित हुन् । उनका श्रीमतीसहित सन्तान पनि छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!