संगालोखबर सम्बाददाता

विराटनगर । खेलाडीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाएर सहयोग पुर्याएको भन्दै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा र नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराललाई सम्मान गरिएको छ ।

Advertisement

प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोर्ड र ओलम्पियन्स एशोसिएसनको तर्फबाट डा.शर्मा र बराललाई सम्मान गरिएको हो । विराटनगरस्थित नोबेल अस्पताल र काठमाडौंको सिनामंगलस्थित केएमसीले ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुको निःशुल्क उपचार गर्ने गरी सोही कार्यक्रममा सम्झौता भएको थियो । खेलाडीका परिवारका सदस्यलाई पनि ५० प्रतिशत छुटमा उपचार गर्ने गरी बोर्ड र एशोसिएसनले नोबेल र केएमसीसँग सम्झौता गरेका हुन् ।

सम्झौतापछि डा.शर्मा र बराललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले डा.शर्मा र बराललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले नेपाली खेलाडीको उपचार गर्न चन्दा उठाउँनुपर्ने अवस्था रहेको प्रति दुख व्यक्त गर्दै खेलाडीको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति नोबेल र केएमसीलाई धन्यवाद ज्ञापन गरे । उनले शर्मा दम्पतीको जस्तो फराकिलो छाति भएकाहरुको सहयोगले खेलाडीहरुको उपचारमा सहजता मिलेको भन्दै उनीहरुको प्रशंसा गरे ।

केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराल श्रीमान–श्रीमती हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा दम्पतीले खेलाडीहरुलाई दुवै अस्पतालवाट निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति शर्मा दम्पतीको प्रशंसा गरेका थिए । सो अवसरमा सामाजिक विकास मन्त्री राजन राई, प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले, ओलम्पियन्स एशोसिएसनका अध्यक्ष बिष्ट लगायतले पनि डा.शर्मा दम्पतीको खुलेर प्रशंसा गरेका छन् ।

यो पनि हेर्नुहोस्…

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!