- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको चैनपुर–१० दुम्कटास्थित खाँदबारी लेगुवा सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । आज दिउँसो मलामी बोकेर पिलुवा खोलाबाट फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा चैनपुर–१० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर–९ का ४६ बर्षीय केशव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अन्य ४२ जना घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र तुम्लिङटारस्थित मनकामना पठाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक चैनपुर–१० का ३४ बर्षीय मोहन कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!