- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित रोडशेषमा भारतीय मालवाहक ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनसरीको बर्जु गाँउपालिका–२ अमडुवा फारमका ४५ बर्षीय सनेन्दर राय छन् ।

Advertisement

शुक्रवार साँझ जोगबनीतर्फ जाँदै गरेको डब्लु २३ बी ४९६१ नंम्बरको भारतीय ट्रकले ठक्कर दिँदा घटनास्थलमै साइकलयात्रीको मृत्यु भएको हो । सडक पार गर्दै गरेको अवस्थामा उनलाई ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनापश्चात रोडशेष क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो । दुर्घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!