- संगालोखबर सम्बाददाता
फायल तस्वीर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर बरुण हाईड्रोपावरका कर्मचारीको मृत्यु भएको छ ।

बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा शनिवार अपरान्ह करिब ४ बजे करेन्ट लाग्दा हाईड्रोपावरका प्लान अप्रेटर दाङको राप्ती गाउँपालिका–३ का २५ बर्षीय दिपक न्यौपानेको मृत्यु भएको हो ।

Advertisement

करेन्ट लागेर न्यौपाने गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!