- संगालोखबर सम्वाददाता

विराटनगर । स्थानीय युवा, स्काउट तथा स्वयम्सेवकहरुसँगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित दुई दिवसिय कार्यक्रमको समापन विहीबार प्रदेश १ सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले गरेकी हुन् ।

Advertisement

कार्यक्रमको समापन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले स्काउट सरकारकै अंग भएकाले विपद्को समयमा परिचालन गर्नका लागि सरकारकै श्रोत साधनले जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइन् । उनले स्काउटलाई राजनीतिकरण नगरी विसुद्ध सामाजिक कार्य तथा सेवामा लाग्नु पर्ने बताइन् ।

बुधबार कार्यक्रमको उद्धघाटन आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गरेका थिए । अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकहरुले स्काउटले आफ्नो मर्म, भावना अनुसारका काम गरी आफू सभ्य भएर सभ्य समाज हुँदै सभ्य राष्ट्र निर्माण गर्नुपर्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!