- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा घाँस काट्ने क्रममा लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौबिसे गाउँपालिका–१ सानो मोक्तराका ५० बर्षीय पूर्ण कुमार मगर छन् ।

बिहान करिव साढे ११ बजे आफ्नै मकै बारीमा घाँस काट्ने क्रममा लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनी मकै बारीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको भनी प्रहरी चौकी ६ नं. बुधवारेमा खबर आएको थियो ।

Advertisement

घटनाको जानकारी पाएपछि घटनास्थल गएको प्रहरीले कानूनी प्रकृया पुरा गरेर शवको पोष्ट मार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!