संगालोखबर सम्वाददाता

विराटनगर । उदयपुर र सोलुखुम्बुका दुई छुट्टा–छुट्टै स्थानमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साढे ६ बजे उदयपुरको चौदण्डीगढी–५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि ईलाका प्रहरी कार्यालय सुन्दरपुरको टोलीले स्थानीय फत्तेपुर अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै चट्याङ लागेर सोलुखुम्बुको थुलुङ दुधकोशी–९ साउरेका एक बालकको मृत्यु भएको छ ।

मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावली घर जाने क्रममा बर्षासँगै परेको चट्याङ लाग्दा ७ बर्षीय सुजनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!