- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङका विभिन्न खोलाबाट अवैध रुपमा गिटि, बालुवा उत्खनन् गर्ने ९ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिटी, बालुवा उत्खनन् गर्ने ४ वटा टिपर, ४ वटा ट्याक्टर र एउटा जेसिवि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले केराबारी–८ को खदम खोला, केराबारी–७ स्थित मुगु खोला, सुन्दरहरैंचा–५ को बुढीखोला र बेलबारी–२ स्थित लोहन्द्रा खोलाबाट गिटि, बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले अवैध रुपमा उत्खनन् गर्ने सवारी साधनलाई चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका ९ वटै सवारी साधनसहित चालकहरुलाई आवश्यक कारवाहीका लागि बेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!