- संगालोखबर सम्वाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचिपुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मेचीनगर–७ नयाँ बसपार्ककी २२ बर्षीया रोजिना आले खड्का छिन् ।

Advertisement

गएराती लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई प्रहरीले चेकजाँच गर्ने क्रममा २ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेकी खड्काको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!