संगालोखबर सम्वाददाता

विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न चार जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । अदालतले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

Advertisement

१७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावासको फैसला सुनाइएको छ । हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । उनीहरु पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन् ।

२०७८ भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!