- संगालोखबर सम्वाददाता

झापा । झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बजारमा महिलाको घाँटीबाट सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका–९ का २० बर्षीय निरज राय छन् ।

Advertisement

रायले शुक्रवार साँझ साढे ६ बजे धुलाबारीकी ५० बर्षीया गीता अधिकारीको घाँटीबाट डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए ।

धुलाबारी बजारमा किनमेल गरिरहेकी अधिकारी लुटिएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले सिक्रीसहित रायलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!