- संगालोखबर सम्बाददाता
फायल तस्बीर

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्ड मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराती करिव १० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ६२५८ नम्बरको मोटरसाइकलले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकलमा सवार विराटनगर–१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाइते भएका थिए ।

Advertisement

उनीहरुलाई उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा भोलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!