सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा बजारमा सोमबार राती घरबाटै मोटरसाइकल चोरी भएको छ । धनकुटा नगरपालिका–६ सिरान बजार बस्दै आएका विवेक लिम्बुको को २३ प ६१०२ नम्बरको १५० सिसिको पल्सर बाइक घरबाटै चोरी भएको हो ।

Advertisement

तेह्रथुमको छथर गाउँपालिका–१ घर भएका लिम्बु धनकुटाको लिबर्टी कलेजमा विविएस पहिलो वर्ष अध्ययन गर्दै आएका छन् । लिम्बु कोठा भाडा बस्दै आएको सिरान बजारस्थित घरको साईटमा राखेको अवस्थामा मोटरसाइकल चोरी भएको हो ।

बेलुका घरको साईडमा राखेर सुतेको मोटरसाइकल बिहान उठ्दा नभएकोले रातीनै चोरी भएको लिम्बुले बताए । ‘मैले सधै बाइकको हेन्डिल लक लगाएर राख्ने गरेको थिए, तर चोरले राती नै लक फोरेर बाइक लगेछ ।’-उनले भने ।

मोटरसाइकल हराएपछि खोज तलासका लागि उनले बुधबार विहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । केही महिना अघि पनि धनकुटाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका थिए । धनकुटामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!