कोशी प्रदेशमा बन्यो चार सदस्यीय मन्त्रिमण्डल
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको २२ दिनमा बर्खास्त भएर पुनः हिजो मुख्यमन्त्री नियुक्त भएका थापाले आज चार सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।
सभामुखबाट राजीनामा दिएका माओवादी सांसद बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइएको छ । त्यस्तै, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र...































