संगालोखबर सम्वाददाता

धनकुटा । मदन भण्डारी फाउण्डेसन धनकुटाको अध्यक्षमा पुनः निरेन तामाङ निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सम्पन्न फाउण्डेसनको चौथो जिल्ला सम्मेलनले तामाङलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

Advertisement

सम्मेलनले तीन वर्षे कार्यकालका लागि तामाङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्माण गरेको छ । समितिको उपाध्यक्षमा पर्शुराम नेपाल, सचिवमा होमबहादुर बस्नेत, सहसचिवमा राजकुमार चेम्जोङ र कोषाध्यक्षमा शेरबहादुर लिम्बू चयन भएका छन् ।

सदस्यहरूमा सावित्रा राई, तारा तितुङ, भीमकला श्रेष्ठ, राजेन्द्र बस्नेत, निर्मला काफ्ले, नेत्र भण्डारी, राम खड्का, सम्झना आले, धिरेन थिङ, टेकबहादुर गुरुङ, प्रकाश गिरी, मिलन बराल लगायत चयन भएका छन् ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई फाउण्डेसनका कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाँईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा प्रदेश अध्यक्ष गुरागाईसहित नेकपा एमालेका केन्द्रिय सदस्य सकुन्तला बस्नेत, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली, सचिव निरन राई लगायतले मन्तव्यमार्फत सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!