संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् । सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर ४७ सांसदको समर्थन पुर्याई मुख्यमन्त्रीमा दावी पेश गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

थापालाई कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् । यसअघि उनी मुख्यमन्त्री बनेको २२ दिनमै बर्खास्त भएका थिए । सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको थियो ।

नियुक्ति बदर भएपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दावी पेश गर्न आजसम्मको समय सीमा दिएका थिए । माओवादी केन्द्रबाट निर्वाचन जितेर सभामुख बनेका गौतमले बहुमत पुर्याएर गठबन्धनको सरकार बनाउँन आजै पदबाट राजीनामा दिएका थिए ।

राजीनामा पछि गौतम सांसदको मात्र भूमिकामा भएकाले बहुमत सांसदको समर्थन पुगेर थापालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!