संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ छिम्सुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् । को ६ प २१४९ नम्बरको मोटरसाइकल राती करिब ८ः४० बजे मुलघाट-त्रिवेणी सडक खण्डमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सहिदभूमि गाउँपालिका–१ छिन्ताङका करिब ६० वर्षीय गोपाल भनिने नरबहादुर राईको मृत्यु भएको हो ।

मोटरसाइकल पल्टिंदा गम्भीर घाइते भएका राईको उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । मोटरसाइकल चालक छिन्ताङकै पूर्णबहादुर कटुवाल गम्भीर घाइते छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ ।

मृतक नरबहादुरका आफन्तसमेत रहेका सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार मुलघाटबाट छिन्ताङस्थित घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!