संगालोखबर सम्वाददाता

धनकुटा । ४१ औं विपी स्मृति दिवसको अवसर पारेर शनिवार नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । दिवसको अवसरमा श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रका अनाथ बालबालिकाहरूलाई सहयोग गरिएको हो ।

Advertisement

नेपाली कांग्रेस धनकुटाका अध्यक्ष दिनेश राई, सचिव द्वय विजय सन्तोषी राई र विकास घिमिरे, तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महत, जिल्ला अध्यक्ष युवराज पराजुली लगायतले शैक्षिक सामग्री र खाद्यान्न वितरण गरे ।

पुनस्थापना केन्द्रमा भएका १५ जना बालबालिकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेर विपी स्मृति दिवस मनाइएको तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महतले जानकारी दिए ।

यसैबीच, विपी स्मृति दिवसकै अवसर पारेर कांग्रेस धनकुटाले पार्टी कार्यालय आसपास क्षेत्रमा वृक्षरोपण गरेको छ । त्यस्तै, नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस कमिटीले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!