संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सल्लेरीमा मिनी ट्रक दुर्घटना भएको छ । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८३८५ नम्बरको मिनी ट्रक आज बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्रकमा सवार एक बालिका सामान्य घाइते भएकी छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ । कुखुराको चारो र भुस बोकेर जादै गरेको ट्रक उकालो सडकमा रोक्न खोज्दा नरोकिएर पल्टिएको अनुमान गरिएको छ ।

बजार क्षेत्रबाट सो ट्रक सल्लेरीको उकालो सडक पार गरेर हाइवेमा निस्किन लागेको थियो, सोही बेला हाइवेमा माइक्रोबस आएपछि उकालोमा ब्रेक लगाउँदा नरोकिएर ट्रक पल्टिएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!