संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न प्रदेश प्रमुख खापुङले आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

सोही बमोजिम थापाले नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यता, सभामुखलाई जोडेर बहुमत देखाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गर्दै नेकपा एमालेले यसअघि प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!