संगालोखबर सम्वाददाता

सुनसरी । डेंगु संक्रमणका कारण धरानमा थप एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमित धरान १४ की ३५ वर्षीया महिलाको मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको हो । योसँगै धरानमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

धरानमा डेंगुले भयावह रूप लिएको छ । एउटै घरमा ९ जनासम्म संक्रमित छन् । हालसम्म करिब २५ हजारमा डेंगु संक्रमण भइसकेको अनुमान गरिएको छ ।

धरान उपमहानगर र वडाहरुले सञ्चालन गरेको स्वास्थ्य शिविरमा जाँच गराएका ५ हजार २ सय ४२ जनामध्ये ३ हजार २ सय १३ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!