संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ग्रामथान गाउँपालिका–२ स्थित झोराहाटमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व निसन्तान दिवसको अवसर पारेर स्थानीय रेमिट बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरी नोबेलको आइभीएफ सेन्टरले एक दिने शिविर आयोजना गरेको हो ।

Advertisement

शिविरमा झोराहाटसहित पिडारवनी, लखनतरी, तेतरिया लगायत क्षेत्रका महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको नोबेलका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।

शिविरमा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी, डा.मिलुना भुषालसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । विवाह भएको लामो समयसम्म पनि सन्तान प्राप्त नभएका दम्पतीहरू शिविरमा धेरै आएका थिए । शिविरमा बिरामीहरूको भिडियो एक्सरे पनि गरिएको छ ।

यसैबीच, स्वास्थ्य शिविर अघि निसन्तान रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.डा.सुवेदीले सन्तान नहुदाँ महिलालाई मात्र दोष दिनु गलत भएको भन्दै बच्चा नहुने समस्या महिला वा पुरुष दुवैका कारणले हुन सक्ने जानकारी दिइन् ।

उनले सन्तान नभइरहका दम्पतीहरूलाई उपचार वा अन्य विधिबाट पनि सन्तान प्राप्ति गराउँन सकिने हुनाले आइभीएफ सेन्टरमा सम्पर्क गर्न आग्रह गरिन् ।

कार्यक्रममा वडाध्यक्ष यादव खतिवडा, सरस्वती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक लुँइटेल, रेमिट सहकारीका अध्यक्ष उमा खतिवडा लगायतले निःशुल्क स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूलाई निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!