संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । धरानबाट पूर्वतर्फ जाँदै गरेको ना १ ख ९१०७ नम्बरको टिपरले मंगलबार अपरान्ह करिब ४ बजे को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट स्कुटरमा सवार इटहरी–८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा गएराती अनुष्काको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि तनावपूर्ण बनेको इटहरी । तस्वीर : ज्ञान रेग्मी

खनारस्थित भदैनीको घरमा पूजामा जान हिँडेका उनीहरु दुर्घटनामा परेका हुन् । चोकमा हरियो ट्राफिक लाइट बल्ने बित्तिकै टिपर हुईकाउँदा स्कुटरलाई ठक्कर दिएको बताइएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको सो टिपरले व्याक गरेर मान्छे मारेको स्थानीयवासी बताउँछन् ।

घटनापछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपका कारण साँझ करिब तीन घण्टा इटहरी तनावपूर्ण बन्यो । झडपमा ९ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!