संगालोखबर सम्वाददाता

विराटनगर । महिलाहरूलाई आफ्नो रक्षा आफै गर्न सक्ने बनाउँन विराटनगरमा ‘सेल्फ डिफेन्स’ तालिम प्रदान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले महिलाहरूका लागि दुई दिने आत्मरक्षा तालिम प्रदान गरेको हो ।

Advertisement

घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा लगायतको पहिचान गरी कसरी आफूलाई बचाउ गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफ्नो आत्मरक्षा गर्ने भन्ने विषयमा जानकारी गराएर उनीहरूलाई प्रयोगात्मक अभ्यास पनि गराइएको छ ।

तालिममा सुनसरी र मोरङका विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरू सहभागि थिए । काठमाडौं र प्रदेशका ५ जना प्रशिक्षकले उनीहरूलाई प्रशिक्षण दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!