संगालोखबर सम्वाददाता

विराटनगर । जिल्ला कारागार मोरङमा आज एक कैदीबन्दीको मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।

Advertisement

बिहान कारागारभित्रै रहेका बेला उनी बेहोस भएर ढलेका थिए । उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार उनमा मुटुरोग र रक्तचापको समस्या थियो । उनी औषधि खाँदै आएका थिए । कर्तव्य ज्यान मुद्दामा उनलाई जिल्ला अदालतले गत बैशाख ७ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!