संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका रोहित चौधरीमाथि गोली हानेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Advertisement

गत साउन ५ गते सुनसरीको धरान–तरहरा सडक खण्डस्थित सेउती पुल नजिक जंगलमा चौधरीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका २८ बर्षीय चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भयो ।

आफ्नो जन्मदिनमा प्रेमिकासँग धनकुटाको मूलघाट पुगेर मोटरसाइकलमा दुवैजना फर्कने क्रममा घटना भएको थियो ।

घटनापछि अनुसन्धान र संलग्नको खोजीमा जुटेको प्रहरीले संलग्न तीन मध्ये दुई जनालाई घटनामा प्रयोग भएको पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनाको मुख्य नाइके दीपक हुन् । लुटपाटमा संलग्न तीन जना मध्ये उनैले रोहितमाथि गोली प्रहार गरेका थिए । मोटरसाइकल रोकेर बसेका बेला पुगेका उनीहरूले रोहितको छातीमा पेस्तोल तेर्साएर र उनकी प्रेमिकालाई गर्धनमा कुकुरी ताकेर सिक्री, मोबाइल लगायत सामान लुटेका थिए । सोही क्रममा रोहितले होहल्ला गरेर प्रतिकार गर्न खोजेपछि उनीमाथि गोली प्रहार गरेर लुटेराहरु फरार भएको अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका दीपकअनसन दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको भनाई छ । जबरजस्ती करणी मुद्दामा दीपक १० वर्ष जेल परेर छुटेका हुन् भने अनसन लागूऔषध मुद्दामा ६ महिना जेल बसेर निस्किएका थिए ।

उनीहरु सिलसिलेवर चोरी र लुटपाटको घटनामा संलग्न रहेको प्रहरीको दावी छ । धरान–इटहरी सडक खण्डमा गत असार ८, असार १३ र असार ३१ गते भएको चोरी तथा लुटपाटका घटनामा पनि उनीहरूकै संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यसअघि प्रकाशित समाचार…

धरान-तरहरा बिचको जङ्गलमा गोली हानेर लुटपाट, एक जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!