संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । जोगवनीबाट सामान किनेर नेपाल ल्याउनेलाई आजबाट कडाई गरिने भएको छ । नेपाली उपभोक्ताहरू किनमेलका लागि जोगवनी जाँदा विराटनगरको व्यापार सुस्ताएपछि रानी-जोगवनी नाकामा कडाइ गर्न लागिएको हो ।

विराटनगरको व्यापार प्रवर्द्धनका लागि विराटनगर महानगरपालिकाको पहलमा गर्न लागिएको यो अभियानमा विराटनगर भन्सार, प्रहरी र स्थानीय व्यवसायीले साथ दिएका छन् । जोगवनीमा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने भएकाले धेरै नेपाली उपभोक्ताहरू त्यही गएर सामान किन्ने गरेका छन् । नाकामा कडाइ नहुँदा विराटनगरमा कर तिरेर व्यापार गर्नेहरू मारमा परेको गुनासो छ ।

Advertisement

घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु ल्याउने नाममा नाकाबाट व्यावसायिक प्रयोजनका लागि पनि सामान ल्याउने गरिएको थियो । अब एक सय रुपैयाँ भन्दा बढीको वस्तु खरिद गरेर ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्नु पर्ने नियम लगाइएको छ ।

यसलाई कडाइका साथ कार्यान्वयन गराइने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बताउँछन् । यो नियममा कडाइ गर्न भन्सार कार्यालय नजिक नियामक निकायका प्रतिनिधिले निगरानी गर्ने भएका छन् ।

यसैबीच, विराटनगरमा सुर्तिजन्य वस्तुको खरिद बिक्री पनि बन्द गरिदैछ । सुर्तिजन्य वस्तुको सेवनले दीर्घरोगीको संख्या बढ्दै गएकाले सुर्तीको सार्वजनिक सेवन र बेचबिखनमा प्रतिवन्ध लगाइएको महानगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!