संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ मुर्कुटेस्थित तमोर नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे नदीमा खस्दा मकवानपुरको मनोहरीका ३२ बर्षीय राज तामाङ र १८ बर्षीय डुवा मोक्तान बेपत्ता भएका हुन् ।

धनकुटाको मुलघाट र पाँचथर जोड्ने तमोर करिडोर सडक निर्माणको काम भइरहेको छ । उनीहरु सोही सडकमा काम गर्दै आएका थिए । सडक निर्माणको काम गरिरहेका बेला चिप्लिएर नदीमा खस्दा दुवै जनालाई नदीले बगाएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । ‘सडकको काम गर्ने क्रममा चिप्लिएर खस्दा नदीले बगाएछ,’ डीएसपी कुँवरले संगालोखबरसँग भने, ‘उनीहरुको खोजी भइरहेको छ, अझै फेला परेको छैन ।’

Advertisement

गत असार ८ गते पनि तमोर नदीले मोरङको बेलवारी घर भएका इन्जिनियर २३ बर्षीय सिद्धार्थकुमार खत्रीलाई बगाएको थियो । साँगुरीगढी–९ स्थित दिलुङटारमा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएका खत्रीको अझै अत्तोपत्तो छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!