संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । छथरजोरपाटी–५ परेवादिन घर भई हाल सिधुवा बस्दै आएका २३ वर्षीय फुर्सुदी शेर्पालाई प्रहरीले मंगलबार बिहान करिब १० बजे पक्राउ गरेको हो ।

Advertisement

विशेष सूचनाका आधारमा सिधुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शेर्पाको कोठा खानतलासी गर्दा प्रतिबन्धित औषधि बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।

उनको कोठाबाट ईस्पासपेन १ हजार ५ सय ५५ क्याप्सुल र ट्रामोल १ हजार १ सय ५८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पालाई कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभाग पठाइएको प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूका अनुसार दुखाई कम गर्ने प्रयोजनमा यो औषधि प्रयोग गरिन्छ । तर, डाक्टरको सल्लाह विना प्रयोग गर्न मिल्दैन । लागूऔषध प्रयोगकर्ताले यसलाई अन्य औषधिसँग मिलाएर लागूऔषधको रुपमा पनि प्रयोग गर्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!