संगालोखबर सम्वाददाता

इलाम । इलामको माइजोगमाई–२ का एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले गएराती ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि पिताम्बरले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

राती करिब १०ः३० बजे चिच्याएको आवाज आएपछि छिमेकीहरू खतिवडाको घर पुगेका थिए । घरभित्र चुकुल लगाएको अवस्थामा राधिका लडिरहेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे ।  घटनाको जानकारी पाएपछि गोर्खे र जौबारी प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Advertisement

बायाँ गालामा गम्भीर चोट देखिएकी राधिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूकी १४ वर्षीया छोरी रचनाले बुबाले आमाको हत्या गरेको प्रहरीलाई बताएकी छन् ।

यता, पिताम्बर पनि घर नजिकैको निबारोको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!