संगालोखबर सम्वाददाता

धनकुटा । छथर जोरपाटी गाउँपालिकाको पर्यटकीय क्षेत्रहरूमा वृक्षरोपण गर्न थालिएको छ । बहुसांस्कृतिक पार्क, मिनी ग्रेटवाल, रिचार्ज पोखरी लगायत क्षेत्रमा वृक्षरोपण थालिएको हो ।

Advertisement

पर्यटकीय क्षेत्रहरूलाई थप आकर्षक र रमणीय बनाउँन फल दिने र सौन्दर्य प्रदान गर्ने बिभिन्न प्रजातिका ३ सय ५० वटा बिरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिए । जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीले वृक्षरोपण गरेका हुन् ।

पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई थप आकर्षक बनाउँन वृक्षरोपण गरिएको र आगामी दिनमा पनि वृक्षरोपणलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

गाउँपालिकाले यी क्षेत्रहरूलाई मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएर पूर्वाधार विकासको काम पनि भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!