संगालोखबर

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा विराटनगरको ग्यालेक्सी र मोडर्न एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

Advertisement

जितका लागि ग्यालेक्सीका निरज चौधरीले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । शनिबारै भएको दोस्रो खेलमा मोडर्न एरालले सनसाइन स्कुललाई २–० गोलले हरायो । जितका लागि मोडर्न एराका अमन माझीले दुई गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डीपीएस स्कुलबीच हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!