संगालोखबर

विराटनगर । विराटनगरको डन बस्को स्कुलले एसइई अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबार सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

Advertisement

कुल ५० मिनेटको खेलमा जित हात पारेको डनबस्कोका लागि युनिक राई, निकुश खतिवडा, र तनुज राजवंशीले गोल गरेका थिए । पहिलो खेलमा पराजित हुदै विद्यालय फर्किएको सत्यनारायणका लागि साजीद आलम र भरतकुमार चौधरीले गोल फर्काएका थिए ।

प्रतियोगिताअन्र्तगत शनिबार ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका विक्रम कार्कीले जानकारी दिए । प्रतियोगिता संयोजक समेत रहेका कार्कीका अनुसार सुनसरी र मोरङका ४४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ८ सय ८० विद्यार्थी खेलाडी र ४४ प्रशिक्षक मैदानमा उत्रनेछन् । प्रतियोगिताको उपाधि भिडन्त असार १८ गते हुने उनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय सल्लाहकार तथा पूर्वअध्यक्ष टीकाराम पुरी, महानगरपालिका–१ का वडाध्यक्ष काजी बस्नेत, विराट गोल्डकपका पूर्वअध्यक्ष सन्तोष बानियाँ लगायतले गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!