संगालोखबर

विराटनगर । विराटनगरका सुशान्त मेहता पोखरामा जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएका छन् । एभरेष्ट स्कुलमा अध्ययनरत् मेहता कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्डर–१५ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको ब्वाइज सिंगल्समा दोस्रो भएका हुन् ।

Advertisement

ब्वाइज सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग उनी ८–११, ११–५, ११–७, ११–६ को स्कोरले पराजित भए । सोही इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ तृतीय भए ।

गर्ल्स सिङल्सतर्फ बागमतीकी नर्मदा खाइतुले कोशी प्रदेशकी सुलेखाकुमारी ठाकुरलाई ११–९, ४–११, ११–५, १३–११ सेट स्कोरले पराजित गर्दै बिजेता बन्न सफल भइन् । यस्तै, मिक्स डबल्स इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरको जोडीले कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगिताअन्तर्गत टेबल टेनिसको समग्रमा कोशी प्रदेश २ रजत र २ कास्य पदकसहित उपविजेता बनेको छ । प्रतियोगितामा बागमती प्रदेश प्रथम हुँदा लुम्बिनी प्रदेश तृतीय भएको छ ।

सातै प्रदेशको प्रतिनिधित्व रहेको उक्त प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मेहतासहित चारजना छात्र र चारजना छात्रा सहभागी थिए । मेहता कोशी प्रदेशबाट प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी बनेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!