संगालोखबर

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।

Advertisement

सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो । जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।

दोस्रो खेलमा मोर्डन एरा स्कुलले दर्पण स्कुललाई ३–० गोलले पराजित गर्यो । मोर्डन एराका चिरिञ्जीवी भुजेल, रोसिक राई र अमन माझीले गोल गरे । खेलको प्लेयर अफ द म्याच रोसिक राई घोषित भए ।

बिहिवार हुने पहिलो खेल एभरेष्ट र ग्रीनल्याण्ड, दोस्रो सनसाइन र पूर्वाञ्चल, तेस्रो सिद्धार्थ र सगरमाथा तथा चौथो खेल जेम्स र डीपीएस स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!