राष्ट्रिय हक्की च्याम्पियनसिपः कोशी टिमका सबै खेलाडी झापाको पुँहातुबारीका
झापा । पोखरामा हुने गिरिजाप्रसाद कोइराला स्मृति पाँचौँ संस्करण राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा सहभागी हुने कोशी प्रदेशको टिमलाई बिदाइ गरिएको छ । कोशी प्रदेशको टिममा सबै खेलाडी झापाको भद्रपुर–९ पुँहातुबारीका छन् । टिमको प्रशिक्षकमा दिपक खतिवडा छन् ।
झापाको बिर्तामोडमा आज एक कार्यक्रम आयोजना गरी झापा जिल्ला हक्की संघले प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेको हो । प्रतियोगिता ...































